ad ad

राजनीति


गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा भन्छन्– पार्टीकै निर्देशनअनुसार गरेँ

गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा भन्छन्– पार्टीकै निर्देशनअनुसार गरेँ

नेपालखबर
जेठ २८, २०८१ सोमबार १७:२८, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा) का गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आफूले पार्टी केन्द्रको निर्देशन अनुसार नै फ्लोर क्रस गरेको बताएका छन्। 

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीकै निर्देशनमा अघि बढेको बताए। 

‘मेरो राजनीतिक पार्टी नेपाल समाजवादी पार्टी हो नि। मेरो पार्टीले प्रदेश र केन्द्रबाट दिएको निर्देशन अनुसार मैले काम गरेको हुँ,’ उनले भने। 

तर, नेकपा माओवादी केन्द्रले भने आफ्नो पार्टीको चुनाव चिन्हबाट निर्वाचन लडेको भन्दै आफ्नो ह्विप लाग्ने बताएका छन्। साथै, उनले माओवादीले आफूलाई कारबाही गर्न समेत नपाउने बताए। 

‘एउटा पार्टीले अर्को पार्टीलाई कारबाही गरिदियो भने दलीय व्यवस्था नै खारेज गरिदिए भयो नि,’ उनले भने।

देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप लत्याउँदै  मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनले बहुमत सिद्द गरेका हुन्। 

२७ सांसद रहेका कांग्रेस संसदीय दलका नेताले असम्भव जस्तो मानिएको बहुमत जुटाए। विपक्षमा भने २८ सांसद उभिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .