राजनीति


प्रतिनिधिसभा समानुपातिकमा सहभागी ४७ दल : कसको मत कति पुग्यो? (अपडेट)

प्रतिनिधिसभा समानुपातिकमा सहभागी ४७ दल : कसको मत कति पुग्यो? (अपडेट)

नेपालखबर
मंसिर २० , काठमाडौँ

यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा समानुपातिकतर्फ ४७ दलले भाग लिएका छन्। तर तीमध्ये अहिलेसम्म ७ पार्टीले मात्र ‘थ्रेसहोल्ड’ कटाएका छन्। समानुपातिक मत गणना सकिनै लाग्दा पनि थप दलले थ्रेसहोल्ड कटाउन सक्ने लक्षण देखिएको छैन। 

निर्वाचन आयोगका अनुसार कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। जुन दलले थ्रेसहोल्ड पार गर्छन्, तिनले मात्र मत संख्याअनुसार प्रतिनिधिसभा सदस्य राख्न पाउँछन्। तर थ्रेसहोल्ड कटेन भने दलले पाएका मत काम लाग्दैनन् अर्थात् खेर जान्छ। 

यो खबर लेख्दासम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ। अहिलेसम्म बाँकी ४० दलले पाएको समानुपातिक मत खेर जाने सम्भावना देखिएको छ। 

अब बाजुरा र दोलखाको मत मात्रै एकीकृत गर्न बाँकी रहेको जानकारी आयोगले दिएको छ। ती दुई जिल्लामा गरी डेढ लाख आसपास मत रहेको अनुमान गरिएको छ। अहिलेसम्मको आँकडा हेर्दा थ्रेसहोल्ड छुन ३ लाख १७ देखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। 

तर मत गणना अन्तिम चरणमा पुगिसक्दा पनि थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण हुँदै गएको छ। थ्रेसहोल्ड पार गर्न नसकेका ४० दलमध्ये नेकपा एकीकृत समाजवादी थ्रेसहोल्ड भेट्टाउन संघर्षरत छ। उसले यो खबर लेख्दासम्म २ लाख ९६ हजार ९० मत ल्याएको छ।

मंगलबार बिहान ९ बजेसम्म कुन दलले कति समानुपातिक मत ल्याए? हेर्नुहोस् सूची :

नेकपा एमाले 
२८,१४,६५५

नेपाली कांग्रेस
२६,८८,२१८

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६४,१०२

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,७७८

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,८१६

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९५४

जनमत पार्टी
३,९४,५३८

नेकपा एकीकृत समाजवादी
२,९६,०९०

नागरिक उन्मुक्ति पार्टी
२,७१,६७४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२९०

नेपाल मजदुर किसान पार्टी
७५,०७९

हाम्रो नेपाली पार्टी
५५,६३२

मंगोल नेसनल अर्गनाइजेसन
४८,८२०

राष्ट्रिय जनमोर्चा
४६,४०४

नेपाल संघीय समाजवादी पार्टी
४१,८०९

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४२९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२९

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५४

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,८६९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९८

बहुजन एकता पार्टी नेपाल
१७,०६९

नेपाली कांग्रेस (बीपी)
१२,४८६

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७४

नेपाली जनता दल
९,९९२

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०५

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९४

नेपाल जनता पार्टी
७,५१०

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८६

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३९

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४११

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७०

जनसमाजवादी पार्टी, नेपाल
५,८८४

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी)
५,७९७

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०४१

एकीकृत शक्ति नेपाल
३,७७८

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०५

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३९

मौलिक जरोकिलो पार्टी
३,२३६

नेपाल समावेशी पार्टी
२,९५३

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९५

राष्ट्रिय नागरिक पार्टी
२,१४८

नेस्नलिस्ट पिपल्स पार्टी
२,०१५

स्रोत : निर्वाचन आयोग

मंसिर २०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.