राजनीति


महाकालीमा जे भइरहेको छ, त्यो तत्काल रोक सरकार : एमाले नेता भट्टराई

महाकालीमा जे भइरहेको छ, त्यो तत्काल रोक सरकार : एमाले नेता भट्टराई

फाइल तस्बिर : राजन भट्टराई


नेपालखबर
मंसिर २० , काठमाडौँ

नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गरेका छन्। 

भारतले नदीको धार नेपालतर्फ आउनेगरी तटबन्ध बनाउन थालेपछि स्थानीय नेपालीले विरोध गर्दा दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो। केही व्यक्ति घाइते पनि भए। 

उक्त घटनापछि एकपछि अर्का नेताले सरकारलाई झक्झक्याइरहेका छन्। 

यसै क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका स्थायी कमिटी सदस्य भट्टराईले भारतले महाकाली किनारमा जारी राखेको तटबन्ध निर्माण तत्काल रोकी दुई पक्षीय वार्ता गर्न केन्द्रीय सरकारलाई अनुरोध गरेका हुन्।

‘महाकाली नदी सीमा नदी हो। सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रूपमा बनाउन मिल्दैन’, भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नदीको धार नै परिवर्तन हुनेगरि महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस्। यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ।’ 

मंसिर २०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.