प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउने दलले मात्र सांसद निर्वाचित गराउन पाउँछन्।
अन्यथा थ्रेसहोल्डभन्दा मुनि जति मत ल्याए पनि काम लाग्दैन अर्थात् खेर जान्छ।
यो खबर तयार पार्दासम्म सात दलले मात्र थ्रेसहोल्ड कटाएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड पार गरेका हुन्। प्रत्यक्षतर्फ पनि सिट जितेका यी पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन्।
यसबाहेक अन्य दलले ल्याएका समानुपातिक मत भने खेर जाने देखिएको छ। तीमध्ये सबैभन्दा धेरै मत नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले गुमाउनुपर्ने सम्भावना बढेको छ।
यो खबर तयार पार्दासम्म २ लाख ९४ हजार ५ सय ४ मत ल्याएको एकीकृत समाजवादी र २ लाख ७१ हजार ६ सय ६८ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले थ्रेसहोल्ड कटाउन निकै कठिन छ।
निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अहिलेसम्म सदर भएका मतका आधारमा आकलन गर्दा थ्रेसहोल्डको सीमा छुन ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ।
Shares
प्रतिक्रिया