प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ।
पछिल्लोपटक बाजुरामा बद्रीप्रसाद पाण्डे विजयी भएसँगै कांग्रेसको सिट संख्या ५७ पुगेको हो।
दोस्रोमा सबैभन्दा धेरै नेकपा एमालेले अहिलेसम्म ४४ सिट जितेको छ। तेस्रोमा नेकपा माओवादी केन्द्र छ। दोलखाको मात्र नतिजा सार्वजनिक हुन बाँकी हुँदा उसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १७ सिट हात पारेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ सिट जितेका छन्।
आयोगको तथ्यांकअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवार ५ जना प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्।
Shares
प्रतिक्रिया