बाजुरामा जारी प्रतिनिधि सभा सदस्यको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो अग्रता लिएका छन्।
पाण्डे आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का कर्ण थापा भन्दा एक हजार नौ सय मतले अघि छन्।
शुक्रबार राति पौने १० बजे प्राप्त विवरण अनुसार पाण्डेले ८ हजार ९५ मत ल्याएका छन् भने थापाले ६ हजार १९५ मत ल्याएका छन्।
गत मंसिर ४ गते भएको निर्वाचनमा विवाद र हिंसात्मक घटनापछि स्थगित भएको मतगणना हिजोदेखि सुरु भएको हो।
मंसिर १६, २०७९, शुक्रबार
1.1k
Shares
प्रतिक्रिया