ad ad

राजनीति


मध्यान्ह १२ बजेसम्म दोलखामा ३५ प्रतिशत मतदान

मध्यान्ह १२ बजेसम्म दोलखामा ३५ प्रतिशत मतदान

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १३:१५, काठमाडौँ

पुन:मतदान भइरहेका दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। 

अहिलेसम्म ३५ प्रतिश मतदान भएको छ। व्यापक सुरक्षाकर्मी परिचालित गरिएकाले त्यहाँ शान्तिपूर्ण मतदान भइरहेको छ। 

ती मतदान केन्द्रका चार मतदानस्थलमा आठ हजार पाँच सय १४ मतदाता छन्। 

आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको बैत्यश्वर गाउँपालिका–६ का बैत्यश्वर माध्यमिक विद्यालाय मतदान केन्द्रको क, ख, ग र वडा नं. २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख मा पुन:मतदानको निर्णय लिएकव थियो। 

त्यसैगरि तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख सहित सात मतदान केन्द्रमा मतदान भइरहेको छ। 

बैत्यश्वर वडा नं. ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा पनि पुन:मतदान भइरहेको छ।

बुथ कब्जा गरिएपछि निर्वाचन आयोगले मङ्सिर ४ गतेको मतदानलाई रद्द गरी त्यहाँ पुनःमतदान गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .