ad ad

राजनीति


सुनसरी–४ : पछि परे ज्ञानेन्द्र, ३९ मतले उछिन्दै जगदीशको अग्रता

सुनसरी–४ : पछि परे ज्ञानेन्द्र, ३९ मतले उछिन्दै जगदीशको अग्रता

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैत।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ७:४६, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ। दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की र एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। 

पछिल्लो मतपरिणाम अुनसार यहाँ एमालेका उम्मेदवार कुसियैतले अग्रता लिएका छन्। सुरुवाती चरणबाट कार्कीले अग्रता लिँदै आएका थिए।

निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २९ हजार ८९२ मत ल्याएका छन् भने कुसियैतले २९ हजार ९३१ मत प्राप्त गरेका छन्। 

कार्कीभन्दा कुसियैत ३९ मतले अघि लागेका हुन्। अब यहाँ १२ सय बढी मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अब बराहक्षेत्र–१० को मतगणना गर्न बाँकी छ।

यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .