ad ad

राजनीति


पाँचथरमा समानुपातिक ब्यालेटभित्र प्रत्यक्षको ३५ बढी मतपत्र भेटियो, १० हजार गन्न बाँकी

पाँचथरमा समानुपातिक ब्यालेटभित्र प्रत्यक्षको ३५ बढी मतपत्र भेटियो, १० हजार गन्न बाँकी

फाइल।


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १०:१७, काठमाडौँ

प्रदेश १ को पाँचथरमा समानुपातिकको मतपेटिकाभित्र प्रत्यक्षको मतपत्र भेटिन थालेपछि अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छैन्। पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार अहिले धमाधम समानुपातिकतर्फको मतगणना भइरहेको छ। 

अब झण्डै १० हजार मतपत्र गणना गर्न बाँकी रहेको दाहालले नेपालखबरलाई जानकारी दिए। ४७ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ निर्वाचित भएको भन्दै त्यहाँ एमालेका कार्यकर्ताहरुले विजय जुलुस समेत निकालिसकेको थियो। 

यद्यपी निर्वाचन आयोगले भने अहिलेसम्म अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन। समानुपातिकको मतपेटिकाभित्र प्रत्यक्षतर्फको मत भेटिएपछि अहिले सर्वदलीय बैठ राखेर मतगणना सुरु गरिएको थियो। 

मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार अहिलेसम्म ३५ बढी मतपत्र फेला परेको छ। यद्यपी कुन दलको कति मतपत्र भन्नेबारे अहिले एकैसाथ सार्वजनिक गरिने उनले नेपालखबरलाई बताए।

यहाँ एमालेका तर्फबाट नेम्वाङ र सत्ता गठबन्धनका तर्फबाट भीष्म आङ्देम्बेबीच कडा प्रतिस्पर्धा छ। प्रत्यक्षतर्फको मतगणना सकिँदा आङ्देम्बेले ३२ हजार ६३ र नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गरेका छन्। उनीहरुबीच ४७ मतको अन्तर छ।

निर्वाचन अधिकृत दाहालका अनुसार समानुपातिकको ब्यालेटबाट भेटिएका मतपत्र समेत जोडेर प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .