ad ad

राजनीति


बन्ला एकीकृत समाजवादी राष्ट्रिय दल? कति पुर्‍यायो समानुपातिक मत?

बन्ला एकीकृत समाजवादी राष्ट्रिय दल? कति पुर्‍यायो समानुपातिक मत?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १०:३४, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने प्रावधान छ।  

निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ। अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ।

यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय दल बन्ने निश्चित भइसकेको हो। 

यसबीच सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छ। यो खबर तयार पार्दासम्म उसले २ लाख ५१ हजार ४ सय ७६ समानुपातिक मत पाइसकेको छ। ३ लाख २० हजारलाई थ्रेसहोल्ड मान्दा प्रत्यक्षतर्फ १० सिट जितेको उसले समानुपातिकतर्फ अरू ७० हजार आसपास मत ल्याउनुपर्ने देखिन्छ। 

आयोगको तथ्यांकअनुसार अहिलेसम्म समानुपातिक मत ९२ लाख ८९ हजार ७ सय १६ गनिसकिएको छ। अहिलेसम्मको हिसाबमा कूल सदर मत १ करोड ६ लाख ७० हजार मान्दा अब १६/१७ लाख मत गन्न बाँकी देखिन्छ। यसबाट एकीकृत समाजवादीले ७० हजार मत पाउनुपर्ने हुन्छ। 

यस्तै सीके राउत नेतृत्वको जनमत पार्टी पनि एकीकृत समाजवादी भन्दा अगाडि रहेर थ्रेसहोल्ड कटाउन प्रयासरत छ। प्रत्यक्षतर्फ एक सिट जितेको उसले यो खबर तयार पार्दासम्म २ लाख ६१ हजार २ सय १५ मत ल्याएको छ। 

निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार समानुपातिकतर्फ पहिलो नम्बरमा रहेको नेकपा एमालेले  २५ लाख ३० हजार २ सय १४ मत ल्याइसकेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९६ हजार ९३ मत प्राप्त गरिसकेको छ। 

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ६२ हजार ९ सय ८० मत पाएको छ भने चौथो स्थानमा रहेर माओवादी केन्द्रले १० लाख ६१ हजार २ सय मत ल्याएको छ। 

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ६२ हजार ९ सय ८० मत पाएको छ भने चौथो स्थानमा रहेर माओवादी केन्द्रले १० लाख ६१ हजार २ सय मत ल्याएको छ। 

आयोगको विवरणअनुसार पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार १ सय ८८ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख २४ हजार ३ सय १० मत प्राप्त गरिसकेका छन्। मत गणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .