ad ad

राजनीति


समानुपातिक : कुन कुन राजनीतिक पार्टी राष्ट्रिय दल बनिसके?

समानुपातिक : कुन कुन राजनीतिक पार्टी राष्ट्रिय दल बनिसके?

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ८:२६, काठमाडौँ

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेको राजनीतिक पार्टीले समानुपातिक मत कूल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएमा राष्ट्रिय दलको मान्यता पाउँछन्।  

कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात्  १ करोड ९ लाख ७० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ। यस हिसाबले सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन जान्छ। यसको ३ प्रतिशत थ्रेस होल्ड ३ लाख २० हजार हुन्छ। अहिलेलाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले ३ लाख २० हजार मत कटाएमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। 

यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। 

समानुपातिकतर्फ पहिलो स्थानमा रहेको एमालेले यो खबर तयार पार्दासम्म २२ लाख ९० हजार ३ सय ९७ मत ल्याइसकेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले २१ लाख ९१ हजार ३ सय ८२ मत प्राप्त गरिसकेको छ। 

यस्तै समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख ५८ हजार ४ सय १८ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ समानुपातिक मत ल्याएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक मतको संख्या ४ लाख ८४ हजार ९ सय ३९ पुर्‍याइसकेको छ।

थ्रेसहोल्डको अनुमानित सीमा ३ लाख २० हजारमाथि समानुपातिक मत ल्याइसकेका उल्लिखित दलहरूले राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .