राजनीति


महोत्तरी १ र सर्लाही २ मा माओवादी उम्मेदवार अग्रता बढाउँदै

महोत्तरी १ र सर्लाही २ मा माओवादी उम्मेदवार अग्रता बढाउँदै

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ९:४२, काठमाडौँ

अहिलेसम्म मधेश प्रदेशमा प्रनिनिधिसभा तर्फ एउटा पनि क्षेत्रमा जित हात पार्न नसकेको माओवादी केन्द्रले दुईवटा क्षेत्रमा भने अग्रता बढाउँदै लगेको छ। 

माओवादी उम्मेदवारले महोत्तरी १ र सर्लाही २ मा अग्रता जोगाएका हुन्। ती क्षेत्रमा माओवादी उम्मेदवारले अग्रता जोगाएका मात्र छैनन्, मतान्तरसमेत बढाउँदै लगेका छन्।

महोत्तरी १ मा माओवादीका गिरीराजमणि पोखरेलले प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोलाई झण्डै १५ सय मतान्तरले पछि पारेका छन्। 

पोखरेलले १९ हजार १०० मत पाउँदा महतोले १७ हजार ६२५ मत पाएका छन्। यो क्षेत्रमा अझै बर्दिबासका ३ र भंगाहा नगरपालिकाका ४ वडाको मतगणना गर्न बाँकी छ। 

महोत्तरी १ मा पोखरेल चौथो जितको नजिक पुगेका छन्। ०६४ सालमा पहिलो पटक महोत्तरी १ बाट निर्वाचित पोखरेल त्यसयताका कुनै पनि निर्वाचनमा त्यहाँबाट पराजित भएका छैनन्। 

त्यसैगरी सर्लाही २ मा माओवादी केन्द्रका महिन्द्र राय यादवले लोसपाका राजेन्द्र महतोलाई झण्डै दुईहजार मतान्तले पछि पारेका छन्। 

पछिल्लो मत परिणामअनुसार यादवले २० हजार ७३८ मत प्राप्त गर्दा महतोले १८ हजार ७९३ मत पाएका छन्। 

त्यो क्षेत्रमा एमालेका जिल्ला अध्यक्षसमते रहेका राजनारायण साहले १३ हजार ६४३ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .