नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक निर्वाचित भएका छन्। उनी १५ हजार चार सय ३६ मत प्राप्त गर्दै विजयी भएका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पाठकका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का पूण्यप्रसाद उपाध्याय पौडेलले १३ हजार तीन सय १६ मत प्राप्त गरे। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनीतकुमार मिश्रले पाँच हजार चार सय ४१ तथा जनमत पार्टीका कन्हैया चौधरीले तीन हजार पाँच सय दुई मत प्राप्त गरे।
पश्चिम नवलपरासी–१ को प्रदेशसभा (२) को मतगणना जारी छ।
36
Shares
प्रतिक्रिया