ad ad

राजनीति


मधेशका ‘हेभिवेट’ नेता हारतर्फ उन्मुख

मधेशका ‘हेभिवेट’ नेता हारतर्फ उन्मुख

जयन्त ठाकुर
मंसिर ८, २०७९ बिहिबार १०:२०, जनकपुरधाम

मतगणना चल्दैगर्दा मधेश प्रदेशमा कतिपय ‘हेभिवेट’  नेताहरु सकसमा परेका छन्। सप्तरी–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित बनिसकेका छन् भने महोत्तरी–३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि आफ्नो जीतमा ढुक्क छैनन्।
 

महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, सर्लाही १ मा लोसपाका राजेन्द्र महतो सहितका ‘हेवीवेट’ नेताहरु प्रतिस्पर्धीसँग पछि परेका छन्। 

तर, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने रौतहटमा ठूलो मतान्तरका साथ जीततर्फ उन्मुख भइरहेका छन्। 

रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल २७ हजार ५१६ मतका साथ अग्रस्थानमा छन्। उनलाई एमालेका अजयकुमार गुप्ताले २२ हजार ६ सय ७३ मतका साथ पछ्याई रहेका छन्। 

महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धीभन्दा पछि छन्। ताजा मतपरिणाम अनुसार ठाकुरलाई जसपाका हरिनारायण यादवले पछाडी पारेका छन्। 

हरिनारायणले ७ हजार ५६० मत प्राप्त गर्दा ठाकुरले ७ हजार ४७२ मत प्राप्त गरेका छन्।
 
महोत्तरी १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पनि एमालेका लक्ष्मी महतोले पछि पारेका छन्।

महतोले ९ हजार ४७२ मत प्राप्त गर्दा पोखरेलले ७ हजार ९८९ मत मात्रै पाएका छन्।

सर्लाही २ मा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोलाई माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले शुरुदेखि नै पछाडि पारिरहेका छन्। 

यो क्षेत्रको ताजा मतपरिणाम अनुसार यादवले ७ हजार १११ मत प्राप्त गर्दा महतोले ६ हजार ६६२ मत मात्रै पाएका छन्।

त्यसैगरी सर्लाही ४ मा कांग्रेसका ‘बागी’ उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा छन्। उनले ९ हजार ७ सय ७० मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेन्द्र कुमार यादवले ९ हजार २९ मतका साथ उनलाई पछ्याई रहेका छन्। 

यो क्षेत्रमा स्वतन्त उम्मेदवार मधुमालाकुमारी यादवले ७ हजार ९८ मत ल्याएकी छन्। माओवादी नेता शिवपुजन रायले छोरी मधुमालालाई स्वतन्त्रमा उठाउँदा यहाँ गठबन्धका उम्मेदवार नागेन्द्रकुमार अप्ठ्यारोमा छन्।

 महोत्तरी २ मा भने लोसपाका नेता शरतसिंह भण्डारी ठूलै मतान्तरका साथ जीततर्फ उन्मुख छन्। भण्डारी ८ हजार ३०७ मतका साथ अग्रस्थानमा हुँदा एमालेका रामपरिक्षण यादवले ४ हजार २१५ मतका साथ उनलाई पछ्याइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .