राजनीति


पूर्वीनवलपरासी–१ (१) मा कांग्रेसका जिसी विजयी

पूर्वीनवलपरासी–१ (१) मा कांग्रेसका जिसी विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २:४६, काठमाडौँ

नेपाली कांग्रेस पूर्वीनवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन्। उनी पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका हुन्।

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले  १५ हजार एक सय ३४ मत ल्याएर विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रबिन्द्र अधिकारीले १३  हजार नौ सय ८७ मत प्राप्त गरेका छन्।

पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१)मा ६३ हजार ५ सय  ३५ मतदाता रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ४१ हजार सात सय ४२ रहेको थियो । 

यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ र २ तथा प्रदेशसभा १ को २ मा गणना जारी छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad