राजनीति


लमजुङ प्रदेशसभा (२) मा कांग्रेसका पौडेल विजयी

लमजुङ प्रदेशसभा (२) मा कांग्रेसका पौडेल विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २:४८, काठमाडौँ

आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत लमजुङ प्रदेश (२) मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेल विजयी भएका छन्। 

अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई सात सय ५८ मतअन्तरले पछि पार्दै पौडेल विजयी भएका हुन्
। 

जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पौडेलले १९ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् भने अधिकारीले १८ हजार आठ सय तीन मत प्राप्त गरेका छन्। 

विजयी घोषणा हुन भने बाँकी रहेको छ। समानुपातिको मत गणना गर्न बाँकी रहेकाले समानुपातिक मत गणना सम्पन्न गरेर घोषणा गर्ते तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

विजयी पौडेल कांग्रेसका पूर्वजिल्ला सभापति हुन। पराजित अधिकारी एमाले जिल्ला अध्यक्ष हुन। यी दुवै नेता बेँसीसहर नगरपालिकाकै हुन्। यस क्षेत्रमा ४१ हजार आठ सय ५७ मत गणना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad