जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभामा पहिलो जित निकालेको छ।
सो पार्टीका नेता प्रदीप यादव प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर १ बाट २२ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका हुन्। उनी सोही क्षेत्रबाट अघिल्लो पटक (२०७४) मा पनि निर्वाचित भएका थिए।
यादवको निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा पराजित भएका छन्। उनलाई जनमत राष्ट्रिय पार्टीका सिके राउतले पराजित गरेका छन्।
यादवको पराजय भए पनि जसपाले गणना भइरहेको स्थानमध्ये पाँच ठाउँमा अग्रता लिएको छ।
51
Shares
प्रतिक्रिया