ad ad

राजनीति


एमालेले कर्णालीमा खाता खोल्यो, जुम्ला प्रदेशसभा २ मा टेकराज पछाई विजयी

एमालेले कर्णालीमा खाता खोल्यो, जुम्ला प्रदेशसभा २ मा टेकराज पछाई विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:३६, सुर्खेत

जुम्ला प्रदेशसभा–२ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार  पदमबहादुर रोकायालाई हराउँदै एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएका छन्। 

कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री रोकायालाई पछाईले हराएका हुन्।

पछाई ७ हजार ८१५ मतका साथ विजयी भएका हुन्। पराजित रोकायाले भने ६ हजार ७२२ मत ल्याएका छन्। पछाई नेकपा एमाले प्रदेश कमिटी उपसचिवसमेत हुन्। 

यस क्षेत्रमा जम्मा २० हजार ६१६ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .