ad ad

राजनीति


काठमाडौं ५ मा प्रदीप पौडेलको जित पक्का, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धक्का

काठमाडौं ५ मा प्रदीप पौडेलको जित पक्का, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धक्का

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २०:५८, काठमाडौँ

काठमाडौं–५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रतिनिधिसभा सदस्यमा जित पक्का भएको छ। 

कूल खसेको मतमध्ये ३ हजार ७७९ मत गणना हुन बाँकी रहँदा ४ हजार ६११ मतले अग्रता लिएसँगै जित पक्का भएको हो। 

गत आइतबार सम्पन्न मतदानमा काठमाडौं–५ मा ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये ४२ हजार २०८ मतपत्रहरु गणना भइसकेका छन्। 

मत गणनाको पछिल्लो परिणामअनुसार पौडेलले १४ हजार ७७ मत पाएका छन्।

उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ९ हजार ४६६ मत पाएका छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण मतहलाई पराजित गरेका थिए। 

२३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। 

तेस्रो भएको विवेशशील साझाका उम्मेदवार स्वर्गीय उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .