चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५ हजार १२८ मत ल्याएका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याएका छन्।
लामिछाने र पोखरलेबीच यहाँ ९६२ मतको अन्तर भइसकेको छ।
यसैगरी यहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा छन्।
यहाँ यसअघि इच्छाकामना र कालिका नगरपालिकाको गणना हुँदासम्म पोखरेल पछाडि थिए।
तर अहिले भरतपुर बजार क्षेत्रमा गणना पुगेसँगै रवि अघि बढेका हुन्।
216
Shares
प्रतिक्रिया