राजनीति


मोरङ ६ मा शेखर कोइरालालाई पछ्याउँदै लालबाबु पण्डित

मोरङ ६ मा शेखर कोइरालालाई पछ्याउँदै लालबाबु पण्डित

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १४:१४, मोरङ

मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गरेका छन्। 

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सात हजार तीन सय ६७ मत गणना गर्दा नेकपा एमालेका लालबाबु पण्डितले दुई हजार तीन सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले आठ सय ६४ प्राप्त गरेका छन्। 

क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले दुई हजार आठ सय २६, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले दुई हजार एक सय १३ र राप्रपाका हीरा भट्टराईले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा १५ हजार आठ सय १३ मत गणना भएको छ। 

यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले सात हजार एक सय ९९ मत ल्याएर अग्रता कायम राखेका छन्। एमालेका विनोदप्रसाद ढकालले चार हजार नौ सय ६७ र राप्रपाका रवि रिजालले तीन सय ७८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा १३ हजार नौ सय १८ मत गणना भएको छ। 

यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनका तर्फबाट नेकाका गुरुराज घिमिरेले पाँच हजार एक सय ६८, एमालेका जयप्रकाश चौधरीले चार हजार तीन सय ४९ र राप्रपाका आशनारायण माझी थारूले आठ सय ११ मत ल्याएका छन्। यस क्षेत्रमा ११ हजार चार सय ६७ गणना भएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad