राजनीति


नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान

नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान

नेपालखबर
असार ३१, २०८३ बुधबार १४:३९, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन्। 

कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए)मा सहभागी हुन प्रचण्ड बुधबार श्रीलंका प्रस्थान गरेका हुन्। श्रीलंकाको राजधानी कोलम्बोमा साउन १ देखि ३ गतेसम्म ‘द एसियन डाइलग अन रिजलन स्टाबिलिटी एन्ड इकोनोमिक रेलिजिअन्स’ हुँदै छ। 

यही सम्मेलनमा सहभागी हुन प्रचण्ड श्रीलंका उडेका हुन्। प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन्।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरूको सहभागिता रहने जनाइएको छ।

सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण र नव-नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व र समाजवाद निर्माणका लागि एसियाली मुलुकबीचको एकता र सहकार्यका विषयमा विस्तृत छलफल हुने भएको छ। 

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवलगायत एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेतासँग शिष्टाचार भेट तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad