काठमाडौं २ : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले फराकिलो अग्रता बनाउँदै लगेकी छन्।
सोविताले फराकिलो अग्रता बनाउँदै लैजाँदा यहाँ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती धेरै पछि परेकी छन्।
सोविताले अहिलेसम्म ७१ सय ८७ मत ल्याएकी छन्। एमालेका मणिराम फुयाँलले ५४ सय ८९ मतसहित उनलाई पछ्याइरहेका छन्।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोख्रेलले ५ हजार ५० मतसहित तेस्रो स्थानमा छिन्। यहाँ सत्ता गठबन्धनकी ओनसरी राप्रपाकी कुन्तिभन्दा पछि परेकी छन्।
वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी ओनसरीले अहिलेसम्म ४९ सय २९ मतसहित चौथो स्थानमा परेकी छन्।
783
Shares
प्रतिक्रिया