राजनीति


नवलपरासी–१ : घण्टीका महेन्द्र सेनले विनोद चौधरीलाई पछि पारे

नवलपरासी–१ : घण्टीका महेन्द्र सेनले विनोद चौधरीलाई पछि पारे

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:२२, काठमाडौँ

नवलपरासी (बर्दघाट पश्चिम)-१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) ले उछिनेका छन्। 

ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग रास्वपाका ठकुरीले ८९ मतको अग्रता लिएका छन्। 

यहाँ ठकुरीले तीन हजार ९५९ मतसहित अग्रता लिँदा चौधरी तीन हजार ८७० मतसहित दोस्रो स्थानमा झरेका छन्। 

यहाँ नेकपा एमालेसँग तालमेल गरेको जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २ हजार ९४१ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad