नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवाती रुझानमै धेरै अगाडि देखिएका छन्।
५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन्।
प्रचण्डले ३९१ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले तीन अंक जोड्न सकेका छैनन्।
प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन्।
गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ। एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन्।
570
Shares

प्रतिक्रिया