ad ad

राजनीति


एमाले र माओवादी महासचिव पछाडि, कांग्रेस र राप्रपाका महामन्त्री अगाडि

एमाले र माओवादी महासचिव पछाडि, कांग्रेस र राप्रपाका महामन्त्री अगाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:१२, काठमाडौँ

जारी प्रारम्भिक मतगणनामा दुई ठूला कम्युनिष्ट नेकपा एमालेका महासचिव र माओवादी केन्द्रका महासचिव पछाडि परेका छन्। 

नेकपा एमाले र माओवादी केन्द्रका महासचिवहरु निरन्तर पछि परिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसका महामन्त्रीहरुले भने निरन्तर अग्रता बढाइरहेका छन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ४ सय २१ मतले पछाडि परेका छन्। 

उता, एमाले महासचिव पोखरेल भने दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग निरन्तर पछि परिरहेकी छन्। 

पछिल्लो मतगणना परिणाम अनुसार त्यहाँ शर्माले २ हजार ४ सय ३४ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेललाई १ हजार ७ सय ५१ मत प्राप्त भएको छ। 

यहाँ शर्मा र पोखरेलबीचको मतान्तर ७ सय ८३ छ। 

एमाले र माओवादीका महासचिवद्वय यसरी पछि पर्दा नेपाली कांग्रेस र राप्रपाका महामन्त्री भने प्रारम्भिक प्रतिस्पर्धामा अगाडि छन्। 

यसमध्ये कांग्रेस महामन्त्रीद्वय गगन थापा काठमाडौँ– ४ र महामन्त्री विश्वप्रकाश शर्माले सुरुदेखि नै अग्रता लिइरहेका छन्। 

पछिल्लो मत परिणाम अनुसार महामन्त्री थापाले काठमाडौँ– ४ मा ५ हजार ९ सय ९८मत प्राप्त गरेका छन्, उनलाई एमालेका राजन भट्टराईले ४ हजार ६ सय २४ सहित पछ्याइरहेका छन्। 

अर्का महामन्त्री शर्मा झापा– १ मा १ हजार ७ सय ७० मत प्राप्त गरी अग्रस्थानमा छन् भने एमालेका अग्नि खरेलले १ हजार १ सय ४७ मतसहित उनलाई पछ्याइरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईमध्ये एक महामन्त्रीले पनि यो निर्वाचनमा निरन्तर अग्रता लिइरहेका छन्। 

एमालेको समर्थन प्राप्त गरेका महामन्त्री धबल शमशेर राणा बाँके– २ मा निरन्तर अग्रस्थानमा छन्। 

पछिल्लो परिणाम अनुसार राणाले २ हजार ३ सय ४६ मतसहित अग्रता लिँदा जसपाका मोहम्मद इस्तियाक राई १ हजार १ सय १३ मतसहित दोस्रो स्थानमा छन्। 

यहाँ नेपाली कांग्रेसका सुदीप नर्सिंह राणा ३ सय २ मतसहित तेस्रो स्थानमा छन्। 

राप्रपाकी अर्की महामन्त्री कुन्तीकुमारी शाही दैलेख–१ मा निरन्तर पछि छिन्। त्यहाँ एकीकृत समाजवादीका अमरबहादुर थापाले अग्रता लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .