ad ad

राजनीति


प्रचण्डले छाडेको चितवन-३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता

प्रचण्डले छाडेको चितवन-३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:५९, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल (प्रचण्ड) ले छाडेको चितवन– ३ मा एमाले समर्थित स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। 

नेपाली कांग्रेसबाट विद्रोह गरी विद्रोही उम्मेदवार बनेका दिनेश कोइराला (माछा चुनाव चिन्ह)ले अग्रता लिएका हुन्। उनलाई एमालेले समर्थन गरेको छ। 

भरतपुर महानगरपालिका– ६ को १ हजार ५० मत गन्दा एमाले समर्थित उम्मेदवार कोइरालालाई सुरुवाती अग्रता मिलेको हो।  

कोइरालाले २ सय ९६ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले २ सय ५६ मत पाएका छन्। 

सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २ सय ५६ मतमात्र प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .