महोत्तरीका चारवटै क्षेत्रमा अझै मतगणना सुरु हुन सकेको छैन।
क्षेत्र नम्बर १ को मतगणना दिउँसो १ बजेबाट सुरु गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ।
तर, बाँकी ३ वटा क्षेत्रमा भने अझै सर्बदलीय बैठकसमेत बस्न सकेको छैन।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको महोत्तरी ३ मा दिउँसो २ बजेमात्र सर्वदलीय बैठक बोलाइएको निर्वाचन कार्यालयले जनाएको छ।
सर्लाही २ मा एक बजेपछि सर्वदलिय बैठक बस्ने तयारी छ। सर्लाही ४ मा पनि दिउँसो २ बजे मात्रै सर्वदलीय बैठक बस्ने तयारी छ। सर्बदलीय बैठकपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।
30
Shares

प्रतिक्रिया