आइतबार एकै चरणमा देशभर सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अहिले धमाधम मत गणना भइरहेको छ। जारी मत गणनामा अहिलेसम्म प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली विजयी भइसकेका छन् भने विभिन्न स्थानमा सुरुवाती मत परिणाम सार्वजनिक गर्ने क्रम जारी छ।
हेर्नुहोस् पाँच तस्बिरमा मत गणना -
१. मध्यपुरथिमिको बोडेस्थित कृषि तालिम केन्द्रमा भक्तपुर क्षेत्र नं २ को मतगणना गरिँदै। तस्बिर : लक्ष्मी गारु/रासस
२. सप्तरी क्षेत्र नं २ को मतगणना गर्न मतपत्र मिलाउँदै कर्मचारी। यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सीके राउत र लोकतान्त्रिक वाम गठबन्धनबाट जयप्रकाश ठाकुर प्रतिनिधिसभाका उम्मेदवार छन्। तस्बिर : मनोजकुमार मोरबैता/रासस
३. कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना गर्दै कर्मचारी। पोखरा सभागृहमा सोमबार बिहानदेखि मतगणना भइरहेको हो। तस्बिर : ऋषिराम बराल/रासस
५. काठमाडौँ क्षेत्र नं ४ को बूढानीलकण्ठ–१, जय भद्रकाली मतदान केन्द्रमा मत गणना सुरु। तस्बिरः मेघनाथ पहाडी/रासस
Shares

प्रतिक्रिया