राजनीति


काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ–३ मा मतगणना सुरु

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ११:२६, काठमाडौँ

काठमाडौँ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्।

काठमाडौं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .