ललितपुर क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
५ सय मत गणना हुँदा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्। उनले ११६ मत पाएका छन्।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ६६ मत पाएका छन्। हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत पाएका छन्।
स्वतन्त्र राष्ट्रिय पार्टीका बुद्धरत्न महर्जनले ९० मत पाएका छन्।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले नेपालखबरलाई बताइन्।
पाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा चार ठाउँबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना ४ बजे सुरु गरिएको हो।
सो क्षेत्रमा ५० हजार ३४ मत खसेको छ। दलहरुले ससाना कुरामा बखेडा झिक्नथालेपछि मतगणना थाल्न ढिलाइ भएको मुनाकर्मीले बताइन्।
954
Shares

प्रतिक्रिया