ad ad

राजनीति


मोरङमा मतपेटिका ओसार्न स्कुल बसदेखि टिप्परसम्म

मोरङमा मतपेटिका ओसार्न स्कुल बसदेखि टिप्परसम्म

मोरङमा टिप्परबाट मतपेटिका ओसारिँदै। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


ध्रुव भट्टराई
मंसिर ४, २०७९ आइतबार २०:४९, विराटनगर

विराटनगर : मोरङका तीन निर्वाचन क्षेत्रको मतपेटिका ओसार्न स्कुल बसदेखि टिपरसम्म प्रयोग गरिएको छ।

मोरङ क्षेत्र नम्बर ४,५ र ६ का विभिन्न मतदान केन्द्रबाट मतपेटिका ओसार्न यी सवारी साधन प्रयोगमा ल्याएको हो।

तीन निर्वाचन क्षेत्रको मतमणनास्थल रहेको विराटनगरको आदर्श माविमा मतपेटिका ल्याउन नेपाल प्रहरी, निजी विद्यालयका बसहरु र टिपर प्रयोग गरिएको थियो।

धेरैजसो मतपेटिका गणनास्थलसम्म ल्याउन निजी विद्यालयका स्कुल बस प्रयोग गरिएको छ।

मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना आदर्श विद्यालयमा एक निर्वाचन क्षेत्रको तीन ठाउँमा गणना गर्ने तयारी छ।

तीन निर्वाचन क्षेत्रको ९ स्थानमा मतगणना गर्ने गरि व्यवस्था मिलाइएको छ। मतगणना भने सोमबारबाट हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .