ad ad

राजनीति


‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल’

‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल’

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २१:३८, काठमाडौँ

सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ। 

गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएका हुन्। उनले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनैपनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको बताए।

उनले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भूमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताए।

उनले भने, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको मैले पाएको छु। जुन किसिमका समूहहरुले निर्वाचन अवरोध गर्ने, बिथोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनैपनि ठाउँमा बिथोलिने र निर्वाचनलाई अवरोध हुने कामहरु हुन सकेनन्। त्यसमा सुरक्षा निकायको तदारुकता र हाम्रो जुन कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिका रह्यो। निर्वाचन आयोग, निर्वाचनमा खटिएका सबै सुरक्षाकर्मी र सरकारको सफलता भयो।’

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको बताए। निर्वाचन ८० स्थानमा अवरुद्ध भएपनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको बताए। उनले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रुपमा मतदान हुन नसकेको बताए।

उनले कतिपय स्थानमा ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको बताए। 

उनले भने, ‘केही आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा आजको निर्वाचन स्थगित भएको छ। विशेषतः ८० वटा स्थानमा त्यस्ता कार्यहरु भएका थिए। त्यो मध्ये हामीलाई प्राप्त जानकारी अनुसार १५ वटा स्थानमा मात्रै पूर्ण सम्पन्न नभएको, अरु तत्काल हामीले शुरु गरिसकेका छौँ। स्थगित हुनुको प्रमुख कारण ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको भन्ने पनि छ। केहीमा भने मतदानमा रहेका प्रतिनिधिरुबीचको विवादले पनि केही अवरोधहरु भए। केही ठाउँमा भने स्थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँमा रोकिए। तर हामीले तत्काल समन्वय गरेर निर्वाचन गरायौँ। ती ठाउँमा पुनः मतदान गर्ने वा अहिले भएको मतदानलाई नै आधार मान्ने भन्ने निर्वाचन आयोगको नै निर्देशनले हुन्छ। बाजुराको बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिकाको मतदान केन्द्र, त्रिवेणी नगरपालिका ७, नाट्यश्वेरीको सुर्खेतको एक ठाउँमा छ। गुल्मीको छ। नवलपुर सुस्तापूर्वको दीपचुलीको समानुपातिक तर्फको मतदान गरेको सम्बन्धमा विवाद भएको छ।’

गृहसचिव सिंहले मतदानमा रहेका प्रतिनिधिरुबीचको विवादले पनि केही स्थानमा अवरोध सिर्जना भएको पाइएको बताए। उनले थानीय र केही उच्छृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँको मतदान रोकिएको बताए। ती ठाउँमा दुई दिन भित्रमा पुनः मतदान हसने बताए।

बाजुराको बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिकाको मतदान केन्द्र, त्रिवेणी नगरपालिका ७, नाट्यश्वेरीको सुर्खेतको एउटा मतदान केन्द्र, गुुल्मी र नवलपुर सुस्तापूर्वको दीपचुलीको समानुपातिक तर्फको मतदान गरेको सम्बन्धमा विवाद भएर स्थगित भएको बताए।

(न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आधारित)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .