राजनीति


मतदानस्थलमा जम्काभेट हुँदा मुस्कुराए यी प्रतिस्पर्धी (तस्बिरहरू)

मतदानस्थलमा जम्काभेट हुँदा मुस्कुराए यी प्रतिस्पर्धी (तस्बिरहरू)

कञ्चनपुर ३ मा प्रतिनिधिसभाका प्रतिस्पर्धी रमेश लेखक र निरु पाल। तस्बिर : सामाजिक सञ्जालबाट


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:५६, काठमाडौँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान चलिरहँदा मतदान केन्द्र अनुगमनमा निस्केका प्रतिस्पर्धीहरुबीचमा ठाउँठाउँमा जम्काभेट भइरहेका छन्। 

काठमाडौं–५ मा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका प्रदीप पौडेल र ईश्वर पोखरेलबीच टोखा नगरपालिका–७ मा जम्काभेट भएको छ। 

उनीहरुबीच त्रिलिङटार मावि मतदान केन्द्रमा भेट भएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सुवास घिमिरेले जानकारी दिए। 

काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रबीच पनि जम्काभेट भएको छ। उनीहरु बीच रत्नराज्य मावि मतदान केन्द्रमा जम्का भेट भएको हो। 

झापा–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि जम्काभेट भएको छ। 

कञ्चनपुर–३ का उम्मेदवार रमेश लेखक र निरुदेवी पालबीच पनि भेट भएको छ। उनीहरुबीच क्षेत्र नम्बर ३ मा पर्ने वेदकोट नगरपालिका–८ गैलनदीस्थित बैजनाथ मावि मतदान केन्द्रमा भेट भएको हो। 

कञ्चनपुर–२ मा पर्ने कृष्णपुर नगरपालिका–९ राजघाटस्थित पञ्चाधीन माविमा प्रदेशसभा सदस्य उम्मेदवारद्वय ओम सरल भाट र बचनबहादुर सिंहको अनुगमनका क्रममा भेट भएको छ। 

भाट सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् भने सिंह एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad