हङकङको हाइकिङमा उद्धार गरिएकामध्ये १० प्रतिशतको हुन्छ मृत्यु

हङकङको हाइकिङमा उद्धार गरिएकामध्ये १० प्रतिशतको हुन्छ मृत्यु

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:५८, हङकङ

हङकङमा एक्लै हाइकिङ गएर उद्धार गर्नुपर्ने अवस्थामा पुगेका १० प्रतिशतको मृत्यु हुने गरेको त्यहाँको स्थानीय प्रहरीले बताएको छ।

प्रहरीले हङकङवासीलाई हाइकिङमा निस्किँदा मोबाइलमा जीपीएस एप राख्न पनि सुझाएको छ। यसो गर्दा उद्धारमा सहयोग पुग्ने प्रहरीको भनाइ छ। 

प्रहरीले सकेसम्म एक्लै हाइकिङमा नजान र कठिन स्थानमा सेल्फी नखिच्न पनि आग्रह गरेको छ। हङकङको इस्ट रिजनल हेडक्वार्टरका चिफ इन्स्पेक्टर फु चुम यिपले गत वर्षको सेप्टेम्बरदेखि गत अगष्टसम्मको अवधिमा २५६ हाइकिङमा गएका मानिसको उद्धार गरिएको थियो। जसमध्ये ६५ जना मानिसहरु एक्लै हाइकिङमा गएका थिए। 

यीमध्ये ९० प्रतिशतभन्दा धेरै घटना साइ कुङमा भएका थिए। अन्य घटना भने त्सेउङ क्वान वा वाङ टाइ सिनमा भएका छन्।

अधिकांश घटना गर्मीयाममा भएका छन्। एक्लै हाइकिङ जाने मानिसको उद्धारमा भने मृत्यु हुनेको दर १० प्रतिशत छ भने समूहमा हाइकिङ गएका मानिसमा भने यो दर ४ प्रतिशत छ।

एक्लै गएका मानिसमा परिवारले हराएको उजुरी गर्न र उनीहरुको खोजी कार्य सुरु गर्दा केही समय लाग्ने भएकाले पनि मृत्यु हुनेको दर धेरै हुने गरेको चिफ इन्स्पेक्टर चुम यिपले बताए। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .