राजनीति


बजेटबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

बजेटबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १९:१७, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गरेका छन्। 

बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। यससँगै अर्थमन्त्री वाग्लेले संसद्मा पेश गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका छन्। 

अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तय भएको छ।  बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad