राजनीति


चार वर्षपछि एनआरएनएको एकता, अदालतमा दायर मुद्दा फिर्ता लिने घोषणा

चार वर्षपछि एनआरएनएको एकता, अदालतमा दायर मुद्दा फिर्ता लिने घोषणा

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १२:६, काठमाडौँ

विभाजन भएको चार वर्षपछि आइतबार (मंसिर १४ गते) गैरआवासी नेपाली संघ (एनआरएनए) को एकता घोषणा गरिएको छ। 

आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा संघको एकता घोषणा गरिएको हो। 

विभाजित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

१०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजन भएको थियो। 

एकतापछि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणका लागि समय थप गर्नेलगायतका सहमति भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad