ग्लोबल


खामेनी मारिएपछि शोकमा इरान, हेर्नुहोस् ६ तस्बिर

खामेनी मारिएपछि शोकमा इरान, हेर्नुहोस् ६ तस्बिर

नेपालखबर
फागुन १७, २०८२ आइतबार ११:३८, काठमाडौँ

अमेरिका र इजरायलले गरेको आक्रमणमा आफ्नो सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरान यतिबेला शोकमा छ। 

उनको निधनमा इरान सरकारले ४० दिनको शोक र ७ दिन सार्वजनिक बिदाको घोषणा गरेको छ।

यसैबिच खामेनीको मृत्युपछि त्यहाँका नागरिक सडकमा भेला भएका र रोइरहेका तस्बिर सार्वजनिक भएका छन्। 

उनीहरूले सरकारलाई बदला लिन माग गर्दै नारा लगाइरहेका छन्। 

केही तस्बिर

वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा कम्तीमा १३३ जना मारिएको बताएको छ। 

हमलामा २०० जना घाइते पनि भएको एजेन्सीले उल्लेख गरेको छ। 

यो जानकारी प्रारम्भिक रिपोर्टमा आधारित रहेको उल्लेख गर्दै एक्टिभिस्ट्स न्युज एजेन्सीले इरानका १८ प्रान्तमा कम्तीमा ५८ वटा आक्रमण भएको जानकारी दिएको छ। जसमध्ये सबैभन्दा धेरै हमला राजधानी तेहरानमा भएको छ।

यसैबिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डा र इजरायलविरुद्ध ‘इतिहासकै खतरानक आक्रमण’ गर्ने चेतावनी दिएको छ। 

आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी तथा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको इरानका सञ्चारमाध्यम तस्निम र फार्सले पुष्टि गरेका छन्।

सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ।

इरानी समाचार एजेन्सी फार्सका अनुसार आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad