राजनीति


बागमती सरकार: तीन घण्टा लामो सर्वदलीय बैठक पनि निष्कर्षविहीन

बागमती सरकार: तीन घण्टा लामो सर्वदलीय बैठक पनि निष्कर्षविहीन

नेपालखबर
चैत १९, २०८१ मंगलबार १३:१५, काठमाडौँ

बागमती प्रदेशसभाको बैठक स्थगित हुने सम्भावना बढेको छ। आज बिहान बसेको बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुट्दा प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको हो। 

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत अन्य दलले विगतमा भएको बजेटको सहमति कार्यान्वयन नभए सदन चल्न नदिने अडान राखेका छन्।

तीन घण्टा चलेको सर्वदलीय बैठकमा सहमति नजुटेको प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराजको गोसाइँले जानकारी दिए।

'लामो समय सर्वदलीय बैठक बस्यो तर नेमकिपाबाहेक दलहरूको सहमति जुटेको छैन,' उनले भने। 

यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि संसद् अवरोध गर्ने बताउँदै आएको छ। जसकारण आज दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेशसभा बैठक अन्योल देखिएको छ। 

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभामा सातवटै दलका संसदीय दलका नेताहरूको उपस्थिति रहेको थियो। 

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेसका ३७ नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १३, नेपाल मजदुर किसान पार्टीको ३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad