बागमती प्रदेशसभामा ३ वटा वधेयकहरु दर्ता भएका छन्। मंगलबार प्रदेशसभा ३ वटा संशोधन विधेयक दर्ता गरिएको हो।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आगामी अधिवेशनमा पेश हुनेगरी प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेश भएको थियो। तर, सभामुख भुवन कुमार पाठकले उक्त विधेयक दर्ता गरेका थिएनन्। उक्त विधेयकका प्रावधान सच्याउन सभामुख पाठकले फिर्ता गरेका थिए।
गत असोज १६ मा मन्त्रिपरिषद्बाट निर्णय गर्दै दर्ताका लागि सचिवालयमा पेश भएको उक्त ४ महिनापछि दर्ता भएको हो। प्रदेशसभामा यसअघि प्रदेश खेलकुद परिषद् ऐन संशोधन विधेयक दर्ता गरेको थियो। उक्त विधेयकहरु प्रदेश सभाको आगामी अधिवेशन बैठकबाट पारित गर्नेगरी अघि बढाउने तयारी रहेको छ।
Shares

प्रतिक्रिया