कारोबार


वस्तु निर्यातले पुन: समायो लय, पछिल्लो ६ महिनामा ३१.७८ प्रतिशत वृद्धि

वस्तु निर्यातले पुन: समायो लय, पछिल्लो ६ महिनामा ३१.७८ प्रतिशत वृद्धि

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८१ बुधबार १३:५, काठमाडौँ

वस्तु निर्यातले पुनः लय समाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ३१.७८ प्रतिशतले बढेको हो। 

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९८ अर्ब ७८ करोड रुपैयाँ निर्यात भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ७४ अर्ब ९६ करोड निर्यात भएको थियो। 

चालु आर्थिक वर्षमा यसै हिसाबले निर्यात बढे २ खर्ब बढीको निर्यात हुनेछ। यसअघि आर्थिक वर्ष २०७८/०७९ मा ४१ प्रतिशतले बढेर २ खर्बको निर्यात पुगेको थियो।   

त्यसपछि घटेर आर्थिक वर्ष २०७९/०८० मा कुल निर्यात १ खर्ब ५७ अर्ब रुपैयाँमा सिमित रहयो। 
२ खर्ब निर्यात हुनुअघि आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ९ अर्ब, आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो। 

चालु आर्थिक वर्ष निर्यात बढ्नुमा सोयाविनको तेल प्रमुख कारण छ। चिया, कफि, अलैची, धागो तथा तयारी पोशाकको समेत निर्यात बढेको छ। पुससम्म ८ अर्ब २४ करोडको कफि, चिया लगायतका वस्तु निर्यात छ। अलैचीमात्रै ४ अर्ब ५६ करोडको निर्यात भएको छ।  

भेजिटेवल आयलको निर्यात बढेर २५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। सोयाविन आयत मात्रै १८ अर्ब ९१ करोडको निर्यात भएको छ। सन फलावरको ४ अर्ब ९८ करोडको वस्तु बाहिर पठाएको छ। तरकारी तथा फलफुलजन्य वस्तुको ३ अर्ब ७४ करोडको निर्यात भएको छ। 

काठ, फर्निचर ४ अर्ब ८० करोडको निर्यात भएको छ। कपडा र धागो २८ अर्ब ६१ करोडको निर्यात भएको छ। 

आइरन स्टिल ६ अर्ब १८ करोडको निर्यात भएको छ। सिमेन्ट तथा क्लिङकरको निर्यात १ अर्ब ३७ करोड छ। हरेक वर्ष बढिरहेकोमा भारतले सिमेन्ट निर्यातमा नेपाली कम्पनीको गुणस्तर प्रमाणपत्र नविकरणमा ढिलाई गर्दा नकरात्मक प्रभाव परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad