ad ad

राजनीति


रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै मकवानपुरका ६ नेताले छाडे रास्वपा

रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै मकवानपुरका ६ नेताले छाडे रास्वपा

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार ८:२२, हेटौँडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तालिप्सा र भागवण्डामा केन्द्रित भएको आरोप लगाउँदै रास्वपा मकवानपुरका ६ जना नेताले पार्टी परित्या गरेका छन्।

पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सत्तालिप्सा बनेको आरोप लगाउँदै रास्वपा मकवानपुरका क्षेत्रीय सभापति, वडा कमिटी र पदाधिकारीहरुले सामूहिक रुपमा पार्टी त्याग गरेका हुन्।

पार्टी परित्याग गर्नेमा रास्वपा मकवानपुरका सचिवालयका सचिव भुवन खनाल, मकवानपुर संघीय क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल, हेटौँडा उपमहानगरपालिका सदस्य टंकबहादुर हिम्डुङ, हेटौँडा १७ नम्बर वडा सचिव श्याम सुन्दर राई, सोही वडा कार्यसमितिका उपसभापति विकास श्रेष्ठ र हेटौँडा उपमहानगरपालिका १३ नम्बर वडा समितिका सिंगो वडा समितिले नै पार्टी परित्यागको घोषणा गरेको हो। 

‘देशको उपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका पार्टी सभापति रवी लामिछाने ज्यूले आफू सञ्चरकर्ममा रहँदा राजनीतिज्ञलाई आफू राजनीतिमा आएपछि सञ्चारक्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्ने बाहेक केही गर्न सक्नुभएन। उहाँको बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट छ,’ विज्ञप्तीमा भनिएको छ।

उनीहरुले शासकीय स्वरुपको परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजी लगाएतका थुप्रै महत्वपूर्ण विषय चुनावी नारामा मात्रै सिमित गर्दै त्यसको लागि कुनै प्रयास पार्टी नेतृत्वबाट नभएको पनि आरोप लगाएका छन्। 

सोही कारण आफूहरुले रास्वपाबाट अलग रहने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .