ad ad

ग्लोबल


राजधानी दिल्लीसहित भारतका १९ राज्यमा ४ दिन भारी वर्षा हुने चेतावनी

राजधानी दिल्लीसहित भारतका १९ राज्यमा ४ दिन भारी वर्षा हुने चेतावनी

फाइल फाेटाे


नेपालखबर
असार १७, २०८१ सोमबार ८:२९, काठमाडौँ

राजधानी दिल्लीसहित भारतका १९ राज्यमा तीन/चार दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै भारतीय मौसम विभागल ओरेन्ज अलर्ट जारी गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशमा रेड अलर्ट जारी गरिएको छ।

पञ्जाबदेखि बंगालसम्म भारी वर्षा 
उत्तराखण्ड, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, पूर्वी राजस्थान, छत्तीसगढ, बिहार, उपहिमालय क्षेत्र, पश्चिम बंगाल, सिक्किम र असम, मेघालय र अरुणाचल प्रदेशमा जुलाई ३ सम्म भारी वर्षाको चेतावनी जारी गरिएको छ। साथै, दिल्ली, ओडिशा, मध्य प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुराका पृथक स्थानमा पनि वर्षा रेकर्ड गरिएको छ। त्यसैगरी भारी वर्षाका कारण अहमदाबादमा सडक भासिएको छ।

एक–दुई दिनमा मनसुन भारतभर फैलिने
भारतीय मौसम विभागका अनुसार मनसुन पञ्जाब, पश्चिम राजस्थान र हरियाणाको केही भागमा अघि बढिरहेको छ। यसले उत्तर प्रदेश, जम्मु र हिमाचल प्रदेशका सबै भाग समेटेको छ। पश्चिमी राजस्थान, हरियाणा, चण्डीगढ र पञ्जाबका बाँकी भागमा प्रवेशसँगै दुई–तीन दिनमा मनसुनले पूरै भारतलाई ढाक्नेछ। 

दिल्लीमा भारी वर्षाको चेतावनी
भारतको मौसम विभागले सोमबार र मंगलबार दिल्लीमा भारी वर्षा हुने चेतावनी दिएको छ। साथै ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी पनि चल्ने सम्भावना छ। 

उत्तर प्रदेशमा चार दिनसम्म भारी वर्षा हुने चेतावनी
उत्तर प्रदेशका धेरै भागमा आगामी तीन/चार दिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। आइतबार प्रदेशभर मनसुन पुगेको छ। 

यी क्षेत्रमा भारी वर्षाको चेतावनी
देवरिया, गोरखपुर, सन्त कबीरनगर, कुशीनगर, महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, श्रावस्ती, बहराइच, लखिमपुरखेरी, सहारनपुर, फिरोजाबाद, मैनपुरी, इटावा, बिजनौर, मुरादाबाद, रामपुर, बरेली र पिलिब आसपासका क्षेत्रमा ओरेन्ज अलर्ट जारी गरिएको छ। आजमगढ, माउ, बस्ती, गोंडा, सीतापुर, फर्रुखाबाद, कन्नौज, बाराबंकी, अमेठी, सुल्तानपुर, अयोध्या, अम्बेडकरनगर, शामली, मुजफ्फरनगर, गाजियाबाद, हापुड, गौतम बुद्ध नगर, बुलन्दसहर, अलीगढ, मथुरा, हाथरस, एगटा अमरोहा, शाहजहांपुर र आसपासका क्षेत्रमा एल्लो अलर्ट जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .