ad ad

राजनीति


समाजवादी मोर्चाको सन्देशसभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

समाजवादी मोर्चाको सन्देशसभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८० आइतबार ८:४, हेटौँडा

चार दल सम्मिलित समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार (आज) प्रदेश राजधानी हेटौंडामा हुने भएको छ।सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज बागमती प्रदेशस्तरीय सभा गर्न लागेको हो। 

नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले आज हुने सभाको तयारी पूरा भएको जानकारी दिइन्।

उनका अनुसार हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सभा दिउँसो १२ बजे सुरु हुनेछ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत शीर्षनेता हेटौंडा आउँदै छन्। 

सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने कार्यसूची छ भने कार्यक्रममा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटी घोषणा गरिने एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीकी अध्यक्ष भुसालले जानकारी दिइन्।

यसअघि मोर्चाले सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .