ad ad

राजनीति


बागमतीमा संसदीय दलको नेता चुन्न केन्द्रको निर्णय कुर्दै एकीकृत समाजवादी

बागमतीमा संसदीय दलको नेता चुन्न केन्द्रको निर्णय कुर्दै एकीकृत समाजवादी

नेपालखबर
पुस १९, २०७९ मंगलबार १०:५८, हेटौँडा

बागमती प्रदेशमा एकीकृत समाजवादीले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन।

दलको नेता चयन गर्न केन्द्रको निर्णय कुरिरहेको चितवन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णप्रसाद खनाल शर्माले बताए।

एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा अहिलेसम्म खनाल एक जनाले मात्र दाबी गरेका छन्। 

‘प्रदेशसभाको पहिलो बैठक बस्नुअघि हाम्रो दलको संसदीय नेता चयन गर्ने भनेका थियौं। तर केन्द्रमा पहिले पोलिट्ब्युरो बैठकले ठोस निर्णय निकालेपछि मात्रै बागमती प्रदेशमा संसदीय नेता छान्ने कुरा भयो’, उनले भने, ‘त्यसैले आहिले हामी केन्द्रको निर्णय कुरिरहेका छौँ।’ 

बागमती प्रदेशसभामा एकीकृत समाजवादीको ७ सिट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .