ad ad

कारोबार


२०२२ मा भित्रिए ६ लाख पर्यटक, भारतबाट सबैभन्दा धेरै

२०२२ मा भित्रिए ६ लाख पर्यटक, भारतबाट सबैभन्दा धेरै

फाइल।


नेपालखबर
पुस १९, २०७९ मंगलबार ११:९, काठमाडौँ

२०२२ मा नेपालमा ६ लाख १४ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी भारतबाट आएका हुन्। 

नेपालमा बढी पर्यटक भित्रिनेमा बंगलादेश पाँचौ नम्बरमा परेको छ। चीनबाट सिधा उडान नै कम हुँदा पर्यटक आवगमन बढ्न सकेन। 

भारतबाट सबैभन्दा बढी २ लाख ९ हजार, अमेरिकाबाट ७७ हजार, बेलायतबाट ४४ हजार, अस्ट्रेलियाबाट २६ हजार र बंगलादेशबाट २५ हजार पर्यटक भित्रिएका छन्। 

पर्यटक आगमन मध्ये सार्क राष्ट्रको ४० प्रतिशत, एसिया(सार्क बाहेक) ८.३ प्रतिशत, युरोपमा २१.७२ प्रतिशत, अमेरिका १४.१३ प्रतिशत, ओसियना ४.६६, मध्यपूर्व १.६२ र बाँकी ९.५ प्रतिशत अरु ठाउँबाट भित्रिएका छन्। 

जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८ पर्यटक भित्रिएका छन्। 

जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्तमा ४१ हजार ३०४ पर्यटक भित्रिएका थिए। 

सेप्टेम्बरपछि पर्यटक आवगमन ह्वात्तै बढेको छ। सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटक भित्रिएकोमा ओक्टुबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ पर्यटक भित्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .