स्पेनबाट स्वायत्त समुदाय क्याटालोनिया छुट्याउन अग्रसर रहेका ९ नेतालाई जेल सजाय सुनाइएको छ।
स्पेनको सर्वोच्च अदालतले ती नेताहरुलाई देशद्रोही घोषणा गर्दै जेल सजाय सुनाएको हो।
बीबीसीका अनुसार उनीहरुलाई ९ देखि १३ वर्षसम्म जेल सजाय हुनेछ।
सन् २०१७ मा १२ राजनीतिज्ञले क्याटालोनिया स्पेनबाट छुट्टिने या नछुट्टिने भन्दै अवैध जनमत संग्रहको आयोजना गरेका थिए।
तीमध्ये ९ जना पूर्ण रुपमा दोषी ठहर भएका हुन्। अन्य तीनजनालाई जरिवाना गरिएको छ।
सो जनमत संग्रहमा स्वतन्त्र क्याटालोनियाको पक्षमा बहुमत आएको बताइएको थियो। यद्यपी केन्द्र सरकारले क्याटालोनियामा हस्तक्षेप गरेको थियो।

प्रतिक्रिया