कारोबार


सेयरबजार ओर्लिए पनि प्रभु, सिद्धार्थ, नबिल बैंकको करोड बढीको कारोबार

सेयरबजार ओर्लिए पनि प्रभु, सिद्धार्थ, नबिल बैंकको करोड बढीको कारोबार

नेपालखबर
असोज २७, २०७६ सोमबार १०:८,

सेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार कारोबार मापन गर्ने नेप्से सूचक १२.०५ अंकले घटेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज २.७६ अंकले घटेको छ।

आज कुल १ सय ५४ कम्पनीको कारोबार भएकामा ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। आज बजार खुलेयता ३ हजार ४ सय ३ पटक खरिदबिक्री भएको थियो। कुल १२ समूहको कारोबार भए पनि म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको कारोबार सूचक ओर्लिएको छ।

आज कारोबारका हिसाबले प्रभु बैंक धेरै कारोबार गर्नेमा अगाडि रहेको छ। बैंकले २ करोड ६५ लाखको सेयर कारोबार गरेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको सिद्धार्थ बैंकले २ करोड ६४ लाखको, तेस्रो स्थानमा रहेको नबिल बैंकले १ करोड २६ लाखको र चौथो स्थानमा रहेको मेगा बैंक नेपाल लिमिटेड प्रोमोटर सेयरको १ करोड १६ लाखको सेयर कारोबार भएको छ। बाँकी कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्।

त्यस्तै आज कमाउनेमा राधी जलविद्युत् कम्पनीका सेयरधनीले ८ रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका सेयरधनीले ६ रुपैयाँ, सिटी एक्सप्रेस फाइनान्स कम्पनीका सेयरधनीले पाँच रुपैयाँ र सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १८ रुपैयाँ प्रतिकित्ता सेयर आम्दानी गरेका छन्।

गुमाउनेमा भने आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनी अगाडि छ। कम्पनीले ६.४९ प्रतिशत गुमाउँदा अरुण काबेली पावरको सेयरमा ५.६३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, रकमका हिसाबले भने राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका सेयरधनीले २ सय ७० रुपैयाँ प्रतिकित्ता घाटा व्यहोरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .