ad ad

राजनीति


नेपालमा चिनियाँ राष्ट्रपति सीका २१ घण्टाः १० सन्दर्भ, १० झलक

नेपालमा चिनियाँ राष्ट्रपति सीका २१ घण्टाः १० सन्दर्भ, १० झलक

नेपालखबर
असोज २६, २०७६ आइतबार १२:३९,

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल बसाईका क्रममा प्रमुख राजनीतिक दलका नेतासँग हार्दिक सम्बन्ध स्थापना गर्नुका साथै जनताको समेत मन जितेका छन्। उनले नेपाललाई सहयोग गर्ने घोषणा गरेर आफ्नो भ्रमण सफल भएको सन्देशसमेत दिएका छन्।

शनिबार साँझ पौने पाँच बजे काठमाडौं अवतरण गरेका राष्ट्रपति सीले नेपालमा झण्डै साढे २१ घण्टा बिताए।

शनिबार काठमाडौं उत्रिँदाभन्दा भ्रमण सकाएर बेइजिङ फर्कदा राष्ट्रपति सीको मुहारमा खुसी झल्केको प्रस्टै देख्न सकिन्थ्यो।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका सी शनिबार त्रिभुवन विमानस्थल अवतरण गरेदेखि नै निकै व्यस्त रहेका थिए।

यस्ता छन् काठमाडौंमा सीका २१ घण्टाका १० सन्दर्भका १० झलक

Xi44

१. सीको त्रिभुवन विमानस्थलमा स्वागत। सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको क्याविनेट विमानस्थल पुगेको थियो।

२, स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरेको थियो। उनकाे सम्मानमा नेपाली सेनाले  २१ तोपको सलामी अर्पण गरेकाे थियो।

xi13

३. विमानस्थलबाट होटल सोल्टीमा केही समय आराम गरेर सी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे। भण्डारीसँग ४० मिनेट भेटवार्ता गरे। नेपाललाई ५६ अर्ब आर्थिक सहयोग दिने घोषणा गरे। सन् २०२० देखि २०२२ सम्म खर्चगर्नेगरी उक्त आर्थिक सहयोग दिएको सी ले घोषणा गरेका हुन्।

४. राष्ट्रपति भण्डारीसँगको भेटपछि होटल सोल्टी फर्किएर सीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेट गरे।

५.शनिबार नै राष्ट्रपति सीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे। देउवालाई सीले चीन भ्रमणको निम्तो समेत दिए।

xi32

६.राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सी सहभागी भए। उनले त्यहाँ सम्बोधन पनि गरे। नेपाली परिकारको स्वाद लिए।

xi26

७. भ्रमणको दोस्रो दिन पनि चिनियाँ राष्ट्रपति सी राजनीतिक भेटवार्तामा व्यस्त भए। उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका अन्य केही नेताहरुसँग भेटवार्ता गरे। ‘सेल्फ गभनेन्स’मा ख्याल गर्न नेकपाका नेताहरुलाई उनले सुझाब दिए।

 xi3

८.राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २० वटा बुँदामा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान भयो।

xi25

९. त्यसपछि सी भ्रमणको महत्वपूर्ण चरण अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ता भयो।

xixi 1

१०.राष्ट्रपति सीको विदाई । विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्ति त्रिभुवन विमानस्थल पुगेका थिए।

चीनको तर्फबाट २३ वर्षपछि राष्ट्रपतिस्तरमा पहिलोपटक भ्रमण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .