कारोबार


ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक हुने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक हुने

नेपालखबर
असोज २६, २०७६ आइतबार १२:३९,

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ। ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्‍याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन्।

अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अदृतिय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय सम्म टिक्ने ब्याट्री लगायत सुविधापनि उपलब्ध गराउँछ । समग्रमा हेर्दा रेनोटू एफले प्रयोगकर्ताका फराकिलो वर्गलाई समेट्ने अनुमान सहजै गर्न सकिन्छ।

ओपो रेनोटू एफले रेनो सिरिजको रचनात्मकता (क्रिएटिव) जिन आफूमा पनि समेतेको छ। साथै, प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधारपनि प्रस्तुत गरिएको छ। सान्सारिक सुन्दरतालाई फरक दृष्टिकोणबाट हेर्न सघाउने माध्यमका रुपमा रहेको ओपो रेनोटू एफले स्मार्टफोनमा मात्र सिमित नरही हत्केलामै अटाउने सहज प्रयोगकर्ता अनुभव, शक्तिशाली रचनात्मक उपकरणका रुपमा समेत काम गर्छ।

रेनोटू एफका बारेमा संक्षिप्त जानकारी

ओपो रेनोटू एफमा यस पटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको ब्यवस्था गरेको छ। फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन्।

अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ। यसमा रहेका एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो।

ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ। यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक रहेको छ।

ब्याट्री
ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमापनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ। यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ। यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ। फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ। यसले चलायामन नरहेको अवस्थामा स्वचालितरुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पुर्‍याउँछ।

गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउनेछन्। कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ। भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ।

त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८जीबी र्‍याम र दरिलो सुरक्षार्थ यसमा हिडन फिंगरप्रिण्ट अनलक प्रणालीको ब्यवस्थापनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .